रंगेली को विकास र आमगाछी को विकास मा फरक किन ! आमगाछी मा नगर प्रमुख ले केही विकास न गरेकोले जनता को गुनासो !

surendra sagar
0
दर्शक बिन्द नमस्कार ! म सुरेन्द्र कुमार!
दर्शक बिन्द 
रंगेलीमा कति  विकास भएको छ ,कहा विकास रोकिएको  छ ? कहा का मठ मन्दिर  तयारी छ र कहा का मठ मन्दिर अधुरो छ ? समग्रमा  जनताको सामुह प्रस्ट आओस् !
किसान को पक्षमा नगर प्रमुख को सोच कस्तो रहेको छ 
जनता ले बुझोस ! किसान को लागी नगर प्रमुख दिलीप अग्रवाल ले के गरे को छ हरेक   सत्य तथ्य प्रमाण सहित यो विडियो प्रस्तुत गर्दछौ ! बिडियो लाई.....

मोरङ को पुरानो सदर मुकाम रंगेलीलालाई देश भित्र बाट मात्र हैन विदेश बाट पनि हेर्न आउँछ ! किनकि रंगेलीमा हाम्रा चर्चित मठ मन्दिरको रूपमा रहेको काली मन्दिर र संसारी माता मन्दिर ले गर्दा रंगेली प्रख्यात छ !
मोरङ को जिल्ला अस्पताल पनि रंगेली मा नै अवस्थित छ ! 
यो सबै ठाउँ  लगायत नगर पालीकाको कार्यालय  र बजार व्यवस्थान क्षेत्र  रंगेली ७ मा नै पर्छ ! 
रंगेली भनेको नै मुख्य ७ नं वडा नैं आउँछ !
जानकारी को लागि बताई दियौं की रंगेली को टोटल क्षेत्रफल १११.७७ वर्ग .कि .मिटर रहेको छ जसमा मात्र ३.३८ वर्ग कि मीटर को क्षेत्रफल वडा नं ७ ले ओगटे को छ !

यही क्षेत्रफल लाई नगरप्रमुख ले पहल गर्दै  बाटो घाटोलाई  सफा र चिटिक्क बनाएको छ !
नगर प्रमुख दिलीप कुमार अग्रवाल ले बुझे को छ 
हामीले मीडिया र पर्यटक लाई देखाउनु छ खुशी पार्नु छ 
यस क्षेत्रलाई फराकिलो सफासुग्घर र हरियाली बनायी  सञ्चार मध्यबाट प्रशंसा पाउनु छ !
र दर्शक बिन्द प्रमाण तपाई हेर्न सक्नु हुन्छ !

रंगेली वडा न ७ को अवस्था कस्तो छ !
अब १११.७७ वर्ग कि मीटर को क्षेत्र  रहेको रंगेली नगर पालिका मा -मात्र ३.३८ वर्ग कि मीटर को क्षेत्रलाई हरियाली बनाउँदैमा पूरा नगर को  विकास हुन्छ त ?  हुँदैन ! सम्पूर्ण रंगेली को नै विकास भएको गुण गान गर्ने पत्र पत्रिका ,टेलिभिजन एवम् तमाम नगर प्रमुख को प्रशंसक सञ्चार कर्मी लाई म यहाँ को यथास्थिति लाई देखाउन खोज्दै छु !
अब ! हामी पनि रंगेली कै बासी हौ !हामी पनि  वडा न ७ जस्तै। समान्य कर तिरी रहेका छौं ! हेर्नुहोस हामी अन्य वडा का व्यक्तिले  तिरेको कर र वडा न ७ का नागरिकले तिरेको कर मा कति के फरक छ ? 
जब कर मा फरक छैन भने विकासमा भेद भाव किन ?-सुविधामा  किन फरक ?हामीले पनि सफा र फराकिलो सडक पाउनु पार्यो ! तर हाम्रो गाउँ लाई जानी जानी फोहर बनाएको छ !

हाम्रो गाउँमा वाहले के विकास गरेको छ त?  कसरी फोहर बनाएको छ ?
हेरौ  यो भिडियो!
वडा नं 5 बाट  घटनाहरू लाई सुरु गर्दै छु ! आवश्यक भए अरु वडा मा पनि जाने छु !
हरियाली को  नगर रंगेली भन्नु हुन्छ ! हामी पनि रंगेली कै बासी हौ ! हेर्नुहोस कति को फोहर र दुर्गन्धित छ ?
2074 सालमा  5 लाख को बजेटमा समिति गठन को लागि १ बजेको समय तोकिएको मा वडाध्यक्ष महानन्द मण्डले ७ बजे बिहानै आफ्ना समर्थक हरु भेला पारी समिति गठन गराए र विपक्ष का व्यक्तिको घर भत्काउँदै नम्बरी जग्गा मेचिदै तना शाही गरी २५ फिटको कच्ची लगभग 2 किमि सम्मको  बाटो निर्मान गर्यो ! खर्च भने ३ लाखको पनि भएको देखिएन !
बाहिर बाट माटो ल्याई बनाउनु पर्नेमा  सडक  किनारका खेती जग्गालाई खाल्डो बनाई तना साह नै देखाइएको थियो !
२५ फिट को बास लाई एक। तरफ 10 - र 15 ले बीचमा काटी पक्षपात गरे! अत्या चार गरिरहेको देखिए !
 पहिलो पटक को नगर प्रमुख को अधिकार र एकलौटी सरकारले गर्दा समाज त्रसित थिए  कसैले कुनै किसिमको आवाज उठाउन साहस गरेनन्  !
त्यति बेला हामीले कान्तिपुर टेलिभिजन लाई बोलाइ सत्यतथ्य खुलासा गरेका थियो ! 
वडा अध्यक्ष र नगर प्रमुख को अत्याचार त कदापि रोकिएन तर सर्व साधारण को मुखमा बोली ल्याउन हामी पक्कै सफल भय्यौ !
अब दोस्रो पटक यहाँको जनता बाट भोट पाएका वडा अध्यक्ष र नगर प्रमुख सडक अती क्रमन मा कतिको सहयोग गरेको छ तपाई हेर्न सक्नु हुन्छ 25 फिट को बाटो 8 फिट मा आई सक्यो यो भन्दा अब के प्रमाण दिउँ !
यो बाटोलाई हेर्नुहोस लगभग 225 घरपरिवारको मुख्य बाटो रहेको यो सडक २ दर्जन साना साना विद्यार्थी बालबालिकाको मुख्य बाटो रहेको छ!किसानको खेती पनि यही बाटोले महंगो  परिरहेको छ !अती नै सास्ती खेप्नु परिरहेको किसान यो बाटोले गर्दा !
हरेक वर्ष बजेट संकलनमा हाल्दा पनि यस्ता बाटो प्रति कसैको ध्यान छैन !

बलेन् शाह ले स्वच्छ र साफ नगर को अभियानमा कडोडौको घर भत्काएर बाटो खुल्ला गरेको छ !
तर नगर प्रमुख दिलीप अग्रवाल ले बटोमानै फ्रीका पकी घर निर्माण गरेका छन् ! यहाँ हेर्नुहोस प्रमाण ! यी घर हरुको भबिस्य के त ?
यही हो विकास !
दर्शक बिन्द घटना हरु अहिले समाप्त भएको छैन
यो पुरै आमगाछी को लागि सामुदायिक भवन को नाउँमा ३० लाख को बजेट निकासा गरी आफ्ना समर्थक को घर बनाई रहेको देख्नु हुन्छ !
अर्काको नम्बरी जग्गामा सामुदायीक भवन बनाउनु सही हो ! यो भ्रष्टाचार हो !
सामुदायीक भवनको लागि आमगाछी मा थुप्रै सार्वजनिक जग्गाहरू रहेको छ ! तर समर्थक पाल्नको लागि यहाँ मात्र लगानी भई रहेको छ ! बजेट को दुरूपयोग गरी रहेको छ नगर प्रमुख !
दर्शक बिन्द  विडियो धेरै लामो नहोस् सोची बाँकी का सत्य तथ्य घटना हरु अर्को भिडियोमा प्ररस्तुत गर्ने वाचाका साथ यो भिडियो बाट बिदा चाहन्छौं हस्त नमस्ते !


Aamgachhi को ११ .१४ वर्गमिटर)

एक टिप्पणी भेजें

0 टिप्पणियाँ
एक टिप्पणी भेजें (0)
To Top