rangeli hospital ko satya tathya /रंगेली अस्पताल को सत्य घटना को एक रिपोर्ट / सुरेन्द्र मण्डल

surendra sagar
0
दर्शक बिन्द नमस्कार  !म सुरेन्द्र कुमार

दर्शक बिन्द ! भनिन्छ मीडिया एउटा देशको ऐना हो !! मीडिया ,अर्थात सञ्चार माध्यम ले गर्दा हामी देश विदेश को खबर थाहा पाउछौ!!
 सञ्चार नै हो जो महान मानवका छविलाई विश्व भरमा फैलाई एउटा आदर्श खडा गरेको हुन्छ !
जसलाई अनुसरण गर्दै हजारों महान व्यक्तित्वको उत्पति हुन्छ !!
सञ्चार माध्यम नै हो जसले देशका चोर बदमास र देशका भ्रष्ट नेताहरुको खुलासा गरी जनसाधारण सम्म पुर्याउँछ !!
आज संसद भवनमा भएका कुराकानी  मिनटमानै हामी कहाँ आइपुग्छ र हामी थाहा पाउछौ कुन मन्त्री ले के भने!कुन मन्त्रीले टेबल कुर्सी भाँचिए !!

यस्ता घटनाहरू हामीलाई  मन्त्री ले बताएको हुँदैन !
सञ्चार माध्यम मा खटिएका संचार कर्मी हरू ले बताएको हुन्छ ! प्रत्यक्ष वा अप्रत्यक्ष - ! अडियो वा भिडियो बाट!!

वहाको सुरक्षाको लागि सर्व साधारणले पनि सहयोग गएकै छ , आवाज उठाएको छ ! सञ्चार कर्मी ले हरेक सत्य असत्य घटना लाई हुबहु जनताको समुने प्रस्तुत गर्न स्वतन्त्रता पाउनु पर्छ !!

र सञ्चार कर्मी ले पनि एउटा प्रतिबद्धता का साथ सत्य तथ्य  नै समाचार मा प्रकाशित गर्नु पर्छ र देखाउनु पर्छ !!

अब दर्शक बिन्द हामी रंगेली का कुरा गरौं !!
हालै हाम्रा पत्रकार मित्र सोनु दास ले रंगेली हस्पिटल को विडियो सार्वजनिक गरेकोमा हामी लाई खुशी लागेको छ !
यसै सन्दर्भ मा रंगेली को केही सत्य तथ्य र सोनु दास ले रिपोर्टिङ मा देखाइएको केही मिस्टेक र चाप्लुसी लाई प्रमाण सहित परस्तुत गरी जनसाधारण लाई पारिए को भ्रम लाई हटाउन खोजेको छू म !


हाम्रो रंगेली मा धेरै सञ्चार कर्मी आए र चिटिक्क पारिएको रंगेली नगरपालिका को विडियो देखाए! नगर प्रमुख को गुणगान, अर्थात  प्रशंसा  गरेको मात्र देखें !!
 
रंगेली को सत्य तथ्य के छ यो मात्र हामी रंगेली बासी लाई थाहा छ ! कुनै प्रत्र पत्रिका वा टिभी  चाईनलले रंगेली को चौतरफी सत्यता  लाई प्रष्ट गरेको छैन !!

रंगेली का सत्य घटना हरु कसरी प्रस्ट हुन्छ त भने 
रंगेली बासी एउटा ठूलो आशाका साथ 
लाईफ न्युज रफ्तार का पत्रकार सोनु कुमार दासलाई सम्झे र धेरैको संख्यामा वहाँ लाई आग्रह गरे !

रंगेली को सत्यतथ्य  घटनालाई तपाईले मात्र खुलाउन सक्नुहुन्छ ! भनी धेरैले बिन्ती चढाएका थिए !!

अब हाम्रा चहेता पत्रकार सोनु कुमार दास आशिन ७ गते आईतबार रंगेली आए  !!
र जिल्ला अस्पतालको रूपमा रहेको रंगेली अस्पताल का सत्य घटनाहरू को रिपोर्टिङ पनि गरे !!

वहाँ हरेक गति विधिको ,त्रुटि हरुको रिपोर्टिङ गरेको देखे!
र केही नदेखेको चिजबस्तु र घटनालाई मैलै स्वयम देखाएको पनी वहाँ को रिपोर्ट मा हेर्न सक्नु हुन्छ !

कसरी  रोगी मान्छे बस्न न पाएर भुइँमा बसेको देखिन्छ! Dr नेम प्लेट बिना सेवा दी रहेको छ !!  टवालेटमा  पानि आईरहेको छैन ! हात धुन लाई साबुन छैन !!

सोनु दास स्वयमले 
धेरै कुराहरू खोजी खोजी रिपोर्टिङ गरेको देखे ! अस्पताल मै नगर प्रमुख दिलीप अग्रवाल समेतको ईन्टरभयु लिएको पनि रिपोर्टिङ मा देख्नु हुन्छ !!    

अब दर्शक बिन्द 
वहाँको रिपोर्टिङ मा अत्याधिक प्रशंसा भएको देख्नु हुन्छ !
त्रुटि हरु त देखिँदैन ! किन यो सवाल म पत्रकार मित्र सोनु दास लाई पनि सोध्न चाहे किन ?
तपाई बाट कहा मिस्टेक भयो !
भनिन्छ सोनु दास एउटा निडर र साहसी पत्रकार हुन् !
तर के आम नागरिक पनि निडर र साहसी हुन्छं !
हुँदैन !
समाजमा धेरै थरीका सोच का व्यक्ती हुन्छं ! कोही अरूको दुःख तकलिफमा बोल्ने हुन्छ ! कोही आफ्नै दुःखमा मात्र बोल्ने हुन्छ !भने कोही जति सुकै दुःख तकलीफ भएपनि बोल्नै न सक्ने हुन्छ ! कोही बोल्न चाहेर पनि अनेक डर त्ररास एवम स्वार्थले दबिएको हुन्छ !
रंगेली अस्पताल मा सोनु दास  रिपोर्टिङ गरी रहेको बेला रंगेली नगरपालिका का वरिष्ठ तमाम अधिकारी ,नगर प्रमुख र उपप्रमुख ,वडा ७ का अध्यक्ष लगायत का दर्जनौं व्यक्ति अस्पतालमा उपस्थित थिए !
रंगेली अस्पतालको व्यवस्थापनमा  सुविधामा कुरा उठाउनु यी उलेखित व्यक्तिमा औंला उठाउनु हो ! 
 हो कि होइन ? हो
उहाँ  आधिकारिक व्यक्तिको सामुन्नेमा कोही  औंला उठाउ छ त ! कदापि उठाउँदैनन् ! किन कि ती व्यती हरुलाई दिलीप अग्रवाल को कार्यकालमा धेरै काम निकाल्नु छ स्वार्थ  पूरा गर्नु छ ! शत्रुता लिनु छैन !
सोनु दास म संग को रिपोर्टिङ पछी  नगर प्रप्रमुखले मलाई तपाई धेरै बोल्नु हुन्छ भनेर भनेर मेरो आवाजलाई दवाउन खोजें भने , वडाध्यक्ष  रामचन्द्र मण्डल ले  मलाई  खाली लामो कुरा गरेर हुन्छ एक चोटि अस्पाताल आएर व्यबस्था मिलाएर त हेर कतिको गार्हो छ ' भनी हेपी रहेका थिए ! 
यही कारण हो कि सोनु दासले गरेको रिपोर्टिङ मात्र नगर प्रमुख को प्रशंसा गरेको देखिन्छ  !
मान्छे डर ले सत्य कुरा बोल्न सकेन !
अस्पतालको मानेजमेन्त को कमजोरी देखाउनु कसैको बिरोध गर्नु होइन सुधार ल्याउनु हो !
सोनु दास को  रिपोर्टिङ्गमा  दासले बारम्बार सोधी राख्नु भएको छ '।       पहिलेको अस्पताल र अहिलेको अस्पतालमा कतिको परिवर्तन छ ?
परिवर्तन त हुन्छ नी पत्रकार महोदय,नगर प्रमुखले रंगेली नगर पालिका का सम्पूर्ण बजेट नगरपालिकाको कार्यालय र रंगेली अस्पतालमा लगाई राखेको छ !परिवर्तन हुँदैन ! यो दुई स्थान बाहेक नगरप्रमुख कहा विकास गरेको छ ! यो कुरा खोज्नु भयो ! खाली चाप्लुसी गर्नु भयो पत्रकार महोदय !
रंगेली को नगरपालिकाको कार्यालयमा र अस्पतालमा खाती बजेट खर्च भयो सोध्नु भयो कहिले ?
नाई!
दर्षकबिन्द अब सोनु दासले सबै भन्दा बढी चाप्लुसी गरेको प्रमाण सहित पेश गर्दै छु म ! विडियो छोडेर कतै न जानुहोस !
सोनु दास रिपोर्टिङ गरेको दिन हामी दुवै श्रीमान श्रीमती चेकजाँच गरी ल्याबमा रीपोर्ट को लागि दिए ! हेर्नुहोस है यो प्रमाण ! एउटाको भोलि पल्ट पाए अर्कोको पर्सी पल्ट ,प्रमाण तपाईको सामुने छ !
तर सोनु दास कति चाप्लुसिले यहाँ रिपोर्टिङ्ग मा प्रशंसा गरिरहेको छ !
मैले डाक्टरलाई चेकफ गराए तर म स्वयं भन्न सकिदैनो कि कुन डाक्टर थियो !
याह हेर्नुहोस 
डाक्टरले चेकेएफ गरेपछि तल एउटा सही छ जसमा छाप लगाएं पछी मात्र प्रमाणित हुन्छ !
यही छाप लगाउन मात्र सैयौ मान्छेको लाइन मा जानु पर्छ ! 
यो कमजोरी हो अस्पताल को 
अब भन्नुस् दर्शक बिन्द हजुर हरुको के भनाइ छ ! धन्यवाद


एक टिप्पणी भेजें

0 टिप्पणियाँ
एक टिप्पणी भेजें (0)
To Top